पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

मोरङ,  ग्रामथान गाउँपालिका–२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा कटहरी गाउँपालिका–५ का २१ वर्षीय आशिष सरदार मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनबारे अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।