कर्णालीमा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेशमा सांसद विन्दमान विष्टको नेतृत्वमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछ । कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघिबढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ ।

चार मन्त्रालयको दाबी गर्दै आएको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने भनेपछि मन्त्री बन्ने आकांक्षीको संख्या बढ्दै गएको छ । यतिबेला माओवादीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री पदमा पुनः दोहो¥याउनु पर्ने दबाब पनि रुकुम पश्चिममा बढ्दै गएको छ । तर, रुकुमले यसअघि नै दुई वटा मन्त्री पाइसकेकोले अन्य ठाउँबाट मन्त्री बनाउने पर्ने दबाब बढ्न थालेपछि रुकुमबाट शर्मा पुनः दोहोरिने सम्भावना कमै छ । नाम उल्लेख नगर्ने शर्तमा माओवादीका एक नेताले रुकुम बाहेकका जिल्लाबाट मन्त्री बनाउने कसरत माओवादीमा भइरहेको जानकारी गराएका छन् ।

माओवादीबाट मन्त्री बन्नेमा यतिबेला विन्दामान विष्ट, डोल्पाका वीरबहादुर शाहीको नाम पनि उत्तिकै चर्चामा छ । त्यस्तै माओवादी बृतमा महिलाको तर्फबाट कृष्णा शाह मन्त्रीको पक्का दाबेदारी रहेको स्रोतले जनाएको छ ।

माओवादीको उच्च स्रोतका अनुसार बिन्दमान बिष्ट,वीर बहादुर शाही ,गणेशप्रसद सिंह र कृष्णा शाह करिबकरिब पक्का भैसकेको बताइएको छ