कोहलपुरबाट चितुवाको छाला सहित तीन जना पक्राउ
प्रकासित मिति : २०७८ कार्तिक १४, आईतवार ०९:५७
प्रकासित समय : ०९:५७
कोहलपुर, कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनालाई चितुवाको छाला एकथान र एक किलो ४० ग्राम हड्डीसहित पक्राउ गरिएको हो ।
गेष्ट हाउसमा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका ७ का रमेश बयक र बसन्त विसी तथा बाँके राप्तीसोनारी गाउँपालिका ९ का हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।
चितुवा, रेडपान्डालगायतको छाला र हड्डी कारोबार सीमावर्ती जिल्ला बाँकेमा हुने गरेकाले यहाँबाट भारत पुर्याउने गरिएको प्रहरीको भनाइ छ ।