रजनीकान्त अस्पताल भर्ना

काठमाडौं, अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए ।अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा. अरविन्दन सेल्वाराजका अनुसार ७० वर्षीय कलाकारलाई कैरोटिड आर्टरी रीवेस्कुलराइजेसनको सल्लाह दिइएको थियो । जसलाई शुक्रबार सम्पन्न गरिएको हो । यसपछि रजनीकान्तको स्वास्थ्यमा सुधार भइरहेको डाक्टरहरूको भनाइ छ । यद्यपि उनले केही दिन अझै अस्पतालमा नै बिताउनुपर्नेछ । शरीरको कुनै पनि अङ्ग वा कुनै टिस्युमा रक्त प्रवाह रोकिएपछि समस्या देखिन्छ । यसका लागि कैरोटिड एन्डाटेरेक्टोमी सर्जरी गरिन्छ । यसको मद्दतले रक्त प्रवाह कायम राखेर स्ट्रोकको खतरा कम गरिन्छ ।

रजनीकान्त गत वर्ष डिसेम्बरमा पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनी हैदराबादमा सुटिङ गरिरहेका थिए । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो । रजनीले रक्तचाप र थकानको समस्या रहेको बताएका थिए । स्वास्थ्यकै कारणले उनले गत वर्ष राजनीतिमा प्रवेश स्थगित गरेका थिए । उनले राजनीतिक दल खोल्ने बताए पनि त्यो हुन सकेन । रजनीकान्त हरेक वर्ष स्वास्थ्य चेकअपका लागि अमेरिका जान्छन् । सन् २०१६ मा रजनीकान्तको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।