फेसबुकमा कमेन्ट गरेको भन्दै पेस्तोल ताक्ने एक जना प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७८ आश्विन ३१, आईतवार १२:१२
प्रकासित समय : १२:१२
काठमाडौं, सर्लाहीको बलरा नगरपालिका(३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ।
सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो।
लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।