नेकपाका महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौँ, नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक विषय, तीनबुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल भएको नेकपा कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि विप्लव विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन् ।  यहीँ क्रममा आज नेपालको राजनीतिमा अग्रज नेतृत्व मानिने गणेशमान सिंहका पुत्र प्रकाशमानसिंह सँगको यो भेटघाटलाई महत्त्वका साथ हेरिएको छ ।