यसकारण विप्लव नेकपाले बुझायो बाँके र बर्दियाका सिडियोलाई ज्ञापनपत्र

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईसके पश्चचात गेट बाहिर नेकपाका नेता-कार्यकर्ताले धर्ना दिएका थिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सिवराज गेलाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालय सिंहदरवारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बर्दिया पनि ज्ञापनपत्र बुझाइएको छ । नेकपाका बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीलो नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर बहादुर सुनार समक्ष ज्ञापनपत्र बुझाएको हो ।

सरकार बिच भएको तीन बुदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर, गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहा गर र झुट्टा मुद्धा खारेजीको माग गर्दै ज्ञापनपत्र सहित धर्ना देशैभर सहित बाँके र बर्दियामा ज्ञापनपत्र बुझाइएको हो ।

आफ्नो पार्टी र सरकार बिच भएको तीन बुदे सहमति आफुहरुले इमानदारीपूर्वक कार्यान्वयन गरेको तर सरकारले सहमति कार्यनयन गर्नेमा इमानदारीता नदेखाएको विप्लव नेकपाका केन्द्रीय सदस्य तथा सरकार संगको बार्ता समिति सदस्य समेत रहेका उदय बहादुर चलाउने ‘दिपक’ ले बताए ।

सरकारलाई सहमति कार्यान्वयन गर्नेतर्फ नैतिक दवाव दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालय सहित देशैभर बुझाउने कार्यक्रम अनुरुप बाँके र बर्दिया जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए ।

बार्ता समिती सदस्य चलाउने हाल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके-बर्दिया जिल्ला इन्चार्ज समेत हुन् ।