संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु : सभामुख
प्रकासित मिति : २०७८ आश्विन १८, सोमबार २०:५१
प्रकासित समय : २०:५१
काठमाडौँ, सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।
संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताए ।
उनले सभामुखको पदलाई अन्याय हुन नदिने गरी आफूले कार्यसम्पादन गरिरहेको बताए । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भएरनभएको अनुगमन गर्ने कामलाइ अघि बढाउने जिकिर गरे ।
२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो ।