कालिकोटको पचालझरनामा ३ दिने देउडा महोत्सव सुरू

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका पणेक्षामा ३ दिने देउडा महोत्सव सुरू भएको छ ।
कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहकार्यमा ३ दिने महोत्सव सुरू भएको हो । कर्णालीको लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न देउडा महोत्सव गरिएको प्रतिष्ठानका अध्यक्ष कटक बहादुर बमले जानकारी दिए । बमका अनुसार ३ दिनसम्मा चल्ने महोत्सवमा पचालझरनाका विभिन्न वडाहरूबाट देउडा प्रदर्शन गरिनेछ ।
कार्यक्रमको उदघाटन गर्दै पुर्वकृषी मन्त्री बिमला केसीले कर्णाली संभावनाहरूको भकारी भएको बताएकी छन । कर्णाली तमाम संभावनाहरूको भकारी हो यसलाई संरक्षण गर्नुपर्छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले देउडा गितबाटै गाउपालिकाको संभावना र चुनौतीहरूको चित्रण गरेका थिए ।
३ दिनसम्म चल्ने कार्यक्रममा विभिन्न क्षेत्रबाट देउडा गायकहरूको उपस्थिति रहेको थियो ।