विप्लवको युवा संगठन कोहलपुरको अध्यक्षमा बामदेव गिरी चयन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन युवा संगठन नेपाल, कोहलपुर नगरको प्रथम भेला सम्पन्न भएको छ ।

बुधवार सम्पन्न भेलाले बामदेव गिरीको अध्यक्षतामा ३ पदाधिकारी रहने गरी १३ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

जसको सचिवमा संकर महतारा र कोषाध्यक्षमा हरि पाण्डेलाई सहित १३ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

भेलालाई शुभकामना मन्तव्य राख्दै प्रमुख अथिती तथा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य दीपले अबको युवाहरूको आन्दोलनको मुल प्रवृति वर्तमान असफल व्यवस्था विरुद्ध हुनुपर्ने बताए । ८० लाख युवाहरू रोजगारको खोजीमा विदेशीन बाध्य हुनुमा वर्तमान व्यवस्थाको दलाल पुँजीवादी उत्पादन सम्बन्ध जिम्मेवार रहेको र त्यसको नेतृत्व ससदवादी दलहरूले गरेको बताए ।

चौथो जिल्ला सम्मेलन आयोजक समिति बाँकेका सदस्य बलु रोकाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको प्रमुख अतिथी भेरी-कर्णाली ब्युरो इन्चान्ज दिप हुनुहुन्थ्यो । अतिथिहरूमा पार्टी कोहलपुर नगर इन्चार्ज कल्पना ओली, अखिल (क्रान्तिकारी)की केन्द्रित सद्स्य अमृता घर्ती र युवा सङ्गठनका बाँके संयोजक दिपक बुढाथोकी रहनु भएको थियो ।