वाइसीएलको आसन्न सम्मेलनको लागि नेपालगन्जका युवाहरू छलफलमा
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को आसन्न सम्मेलन तयारीका लागी युवाहरु संग छलफल छलफमा जुटेका छन ।
असोज १९ गते हुने सम्मेलनको तयारीका लागी नेपालगन्ज उपमहानगरपालिकामा रहेका वाइसीएल बाँकेका नेताहरु संग छलफल गरिएको हो ।
वाइसीएल बाँकेका नेता ईरफान अलि लगायतका नेता र नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिकाका नेताहरु संग आसन्न सम्मेलनको तयारी र सम्मेलनबाट नयाँ कमिटी र संगठनले लिने आगामी सांगठानिक र राजनैतिक कार्ययोजनामा केन्द्रित रहेर बैठक बसेको वाइसीएल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए ।
बैठक पश्यात तत्काल नगरका वडाको सम्मेलनमा सबै केन्द्रित रही सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय भएको छ । सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रिय नेता आउने भएकाले तयारीलाई तिब्रता दिइएको जानकारी वाइसीएल नेपाल, नेपालगन्ज उपमहानगरपालिकाका संयोजक इमाम खां. ले जानकारी दिएका छन् ।