अनेमसंघ क्रान्तिकारी नरहरिनाथको अध्यक्षमा नामसरा बिष्ट

नेपालगन्ज, नेकपा (माओबादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नहरिनाथ गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न भेलाले नामसरा बिष्टको अध्यक्षतामा ७५ सदस्य कमिटी निर्वाचित गरेको छ ।

निर्मला बिष्टले सन्चान गरेको कार्यक्रमको प्रमुख अथिती अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज अल्किना बम ‘बबिता’ हुनुहुन्थ्यो ।

त्यस्तै बिशेष अथितिमा अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय मिठ्ठु शाही, केन्द्रीय सदस्य तथा गाउँपालिका उपाध्यक्ष मनसोभा बुढा लगायतको उपस्थिति रहेको थियो ।

नेकपा माओबादी केन्द्रले जिल्लाभर पार्टी तथा जबसका भेला तथा सम्मेलनमा तिब्रता दिएको बताइएको छ ।