मुड्केचुलामा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश
दुनै, डोल्पाको मुड्केचुलामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
मुड्केचुलाको नर्कुमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमालेबाट करिब दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
बिभिन्न पार्टी परित्याग गरि भित्रिएका नेता कार्यकर्तालाई स्वागत गर्दै माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले अविर लगाएका थिए ।
मुड्केचुला २ का नेपाली काँग्रेस वडा सभापति जनक बहादुर बम, राम बहादुर शाही लगायतका माओवादीमा प्रवेश गरेको नेकपा माओवादी मुड्केचुला इन्चार्ज बाघ बहादुर बुढा पवनले जानकारी दिए ।
त्यस्तै नेकपा एमालेबाट वडा नं ५ बाट निर्वाचित वडा सदस्य ज्ञानेन्द्र बहादुर शाही लगायतका युवाहरू प्रवेश गरेका थिए ।
इन्चार्ज पवनका अनुसार मुड्केचुला माओवादीको आधार किल्ला भएकोले यसलाई नयाँ ढंगले आन्दोलनको विकास गर्न पार्टी प्रवेश कार्यक्रम राखिएको हो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।