अब डोल्पामा माओवादी एक नं पार्टी बन्छ : सांसद शाही

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले माओवादी पार्टी डोल्पामा एक नं पार्टी बन्ने दाबी गरेका छन । माओवादी केन्द्र मुड्केचुलामा आयोजित गाउपालिका स्तरीय अगुवा पार्टी कार्यकर्ता भेलामा प्रदेश सभा सदस्य शाहीले उक्त कुराको दाबी गरेका हुन ।

सांसद शाहीले भने यो परिवर्तनको प्रमुख हिस्सा माओवादी हो । देशमा संविधान, संघियता, र गणतन्त्र आउनुको प्रमुख कारण माओवादी हो त्यसैले माओवादी अब एक नं पार्टी बन्छ ।

कर्णालीको यो बिकासक‍ो मुख्य कारण माओवादी भएको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले गाउँपालिकामा जनवादी ब्यवस्था स्थापन गर्न आफू लागि परेपनि बाताबरण सहि नभएको उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढीले माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रम मुड्केचुलाका इन्चार्ज पवन लगायत नेताहरूको उपस्थिति रहेको थियोे ।