कर्णाली सुनको थुप्रो हो यसको सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री शाही
दुनै, डोल्पा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली संभावनाहरूको खानी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाको भवन उदघाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताएका हुन ।
मुख्यमन्त्री शाहीले भने हामी अनेकौं संभावनाहरूको बिचमा छौँ सरकारले त्यसको पहिचान गरिरहेको छ । बिरोधिहरूले बेमौसमी बाजा बजाएपनि संघियता र यहाँको परिवर्तनले त्यसको जवाफ दिईसकेको जिकिर गरे । मुख्यमन्त्री शाहीले कर्णालीको जनताको भाग्य रेखा कोर्न आफ्नो नेतृत्वको सरकार दत्तचित्त भएको दाबी गरे । त्यस्तै कार्यक्रम बोल्दै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले यहाँको जनताको भबिस्य सुनिश्चित गर्ने बताए अर्थमन्त्री शर्माले कर्णाली सरकार जनताको जिवनशैली परिवर्तन गर्न लागिपरेको बताए ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका पुर्व आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली स्वर्गीय आनन्दको भकारी भएको जिकिर गरे । पुर्वमन्त्री भण्डारीले पृथ्वीको चादीको टुक्रा कर्णाली भएको दाबी गरे । त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही ,पदम कुंवरा पुर्वमन्त्री नर बहादुर बुढाथोकी प्रमुख जिल्ला अधिकारी लगायतका जनप्रतिनिधि तथा सरकारी कर्मचारीको उपस्थिति रहेको थियो ।
करिब ४ करोड लगानीमा बनेको जगदुल्लाको भवन कर्णाली प्रदेशको नमुना भवनका रूपमा हेरिएको छ ।