बर्सेनि मान्छे लिने खोलामा बन्यो झोलुङ्गे पुल, स्थानीय दंग

दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ५ जगदुल्ला नदिको चुकेनामा धेरै बर्षपछि पुल बनेको छ । पुल बनेपछि रिमी क्षेत्रका स्थानीयबासी दंग परेका छन ।
बर्सेनि मान्छे बगाउने गरेको जगदुल्ला खोलाको चुकेनामा झोलुङ्गे पुल बनेपछि उक्त ठाउँका स्थानीयबासीमा खुशीयाली छाएको छ ।

पुल बनेपछि हामीलाई निक्कै सहज बनेको छ स्थानीय बिष्णु बिकले भने अब कामकाज गर्न सजिलो भयो । बर्सेनि पशुचौपायादेखि मान्छे बगाउने गरेको खोलाले गाउँलेलाई हैरान बनाएको उनको भनाइ थियो ।

बिकका अनुसार प्रदेश सरकारको ४५ लाखको लागतमा उक्त पुल बनेको पुल बनेको हो ।
पुलको उदघाटन प्रदेश सभा सदस्य वी बहादुर शाहीले गरेका थिए । पुल उदघाटन गर्दै सांसद शाहीले दुर्गमका नदिहरू कालका मुख भएको जिकिर गरेका थिए ।

उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नारासिंह रोकाया, उपाध्यक्ष अमृता लामा लगायतका उपस्थिति रहेको थियो ।