दुर्गमका दलितका पीडा नितिमा परिवर्तन भयो ब्यवहारमा भएन

दुनै, डोल्पा जगदुल्ला गाउँपालिकाका दलित समुदायले दलितका पीडा ज्युका त्यु रहेको गुनासो गरेका छन ।

नितिमा परिवर्तन भएपनि वास्तविक जनताका सवालमा केही परिवर्तन नभएको जगदुल्ला ५ गैरी गाउँका बिष्णु बिकले बताए । बिकका अनुसार सरकारले संविधानमा परिवर्तन गरे पनि ब्यवहार परिवर्तन गर्न गार्‍हो भएको जिकिर गरे ।

शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा दलितका समास्या जस्ताको तस्तै रहेको बताए ।

स्थानीय सरकार पनि दलित मुखि नभएको उनको गुनासो थियो । स्थानीय तहमा दलितमैत्री योजना नआएको हिरामनी बिकले बताए । योजनाहरू आएपनि आफन्तमुखि भएको उनको भनाइ थियो । विभिन्न सरोकारवाला निकायहरू पनि दलितमुखि नभएको उनिहरूको भनाइ छ ।

दलित समुदायलाई अनिवार्यता भन्दा पनि दयाका रूपमा हेरिदा समास्या परेको उनिहरूको भनाइ छ । संघियताले परिवर्तन गरेको वडा सदस्य सेते बिकको दाबी छ ।