भालुपाटन चौरी फर्ममा यसरी गरियो पुजा, सांसद शाहीद्भारा अनुगमन
प्रकासित मिति : २०७८ आश्विन ६, बुधबार १३:३४
प्रकासित समय : १३:३४
दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ४ मा रहेको कर्णाली प्रदेशकै नमुना भालुपाटन चौरी फर्मको पुजाआजाका साथै अनुगमन गरिएको छ ।
करिब ५ सय चौरी रहेको चौरी फर्मको प्रदेश सभा सदस्य वीर बहादुर शाहीद्भारा अनुगमन गरिएको हो ।
फर्मको दोस्रो बर्षको पुजा कार्यक्रममा भालुपाटन पुगेका सांसद शाहीले कर्णाली प्रदेशकै नमुना फर्मका रूपमा लिन सहभागी कृषकलाई सुझाए ।
सांसद शाहीले भने सरकार यसमा दत्तचित्त भएर लागेको छ तपाईंहरूको सहभागीता उत्कृष्ट हुनुपर्छ ।
करिब ८० लाख लगानीमा रहेको फर्ममा चौरीकोट गाउँका ३५ घर बढी कृषक सहभागी रहेका छन । फर्ममा उत्पादित फर्ममा चौरीको दूध,दहि,घ्यु,छुप्री लगायतका चिजहरू उत्पादन हुने भालुपाटन चौरी फर्ममा अध्यक्ष सत्त बहादुर रोकायाले जानकारी दिए ।
रोकायका अनुसार फर्ममा करिब ४५० चौरी रहेका छन ।