नेकपाका महासचिव विप्लव पोखरमा

पोखरा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पोखरा आएका छन् । नेकपाका भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी हुनको लागी विप्लव बिहिवार पोखरा पुगेको बुझिएको छ ।

भाद्र ६ देखि ८ गते सम्म हुने अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनको आज उद्धघाटन हुदैँछ ।

त्यसै सम्मेलनमा सहभागी सहभागी हुन विप्लव सहित सचिवालय सदस्य हेमन्त प्रकाश वलि, धर्मेन्द्र वास्तोला, नेकपाका केन्द्रीय सदस्य भरत बम, दिपक चलाउने, चिरन पुन संगठनका पुर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिँह लगायतका नेताहरु पोखरा पुगेका हुन् ।