कालिकोटको पचालझरनामा देउडा महत्सव हुने

कालिकोट, कालिकोटको पचालझरनामा देउडा महत्सव हुने भएको छ । कर्णालीको संस्कृतीलाई जगेर्णा तथा संरक्षण सम्बद्र्धन गर्न देउडा महत्सव हुने भएको हो ।

कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकाको केन्द्र पडेच्छाचौरमा असोज १५ देखि १८ गतेसम्मा देउडा महत्सव हुने प्रतिष्ठानका अध्यक्ष कटक बमले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष बमले कर्णलीका रैथाने संस्कृतिको रुपमा रहेको देउडा संस्कृतिलाई पर्यटन संस्कृतिका रुपमा लिन महत्सव गर्न लागेको बताए । अध्यक्ष बमले कर्णालीको परिचयका रुपमा रहेको देउडालाई देश बिदेशमा चिनाउन समेत यो महत्सवले उल्लेख्य भुमिका खेल्ने दाबी ग्रे । महोत्सवमा बरिष्ठ देउडा गायकहरुको समेत उपस्थीति रहने बताइएको छ । देउडा महत्सवका लागि गाउँपालिकाले १५ लाख बजेटको ब्यवस्था गरेको जनाइएको छ ।

साथै महत्सवमा कलाकारहरुलाई उचित पुरुस्कार र सम्मानको समेत ब्यवस्था गरेको अध्यक्ष बमले बताए ।