२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज
प्रकासित मिति : २०७८ श्रावण २९, शुक्रबार १०:१२
प्रकासित समय : १०:१२
काठमाडौँ, मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।