फेरि १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २०८
प्रकासित मिति : २०७८ श्रावण २९, शुक्रबार १०:१२
प्रकासित समय : १०:१२
काठमाडौं, मंगलबार फेरि थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज (मंगलबार) थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज दुई पटक भेटिएका संक्रमितसहित नेपालमा नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।