संसद पुनर्स्थापना : वास्तविक राजनितीमा चिया कपभित्रको तुफान – धर्मेन्द्र बास्तोला

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संसद पुनर्स्थापनाको विषयलाई वास्तविक राजनीतिमा चिया कपभित्रको तुफानको संज्ञा दिएका छन् ।पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले सोमबार सामाजिक सञ्जालमार्फत संसद पुनर्स्थापनाको आदेशलाई अदालतले गरेको फैसला संसदीय व्यवस्थाको घेरा भित्र उथलपुथलको विषय भएपनी जनताको वास्तविक राजनीतिमा चिया कपभित्रको तुफान बाहेक केही नभएको बताएका हुन् ।

उनले संसद पुनर्स्थापना या विघटनको अदालती कार्वाही राजनीतिक रुपले केवल एक सिक्काका दुई पाटा भएको बताउँदै संसदीय व्यवस्थाले राजनीतिक अस्थिरता, आर्थिक गतिहीनता र सामाजिक पराधिनता बाहेक केही दिन नसक्ने बताएका छन् ।नेता बास्तोलाले निरन्तरको यो दुष्चक्रबाट मुक्त हुन वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प नभएको बताएका छन् । त्यस्तै उनले यो कुराको सबैले समयमै मनन् गर्न प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह, वैज्ञानिक समाजवाद आजको राजनीतिक बाटो भएको पनि बताएका छन् ।