प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओलीले राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम पनि तय रहेको उनको सचिवालयले जानकारी दिएको छ।

असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो ।