गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा,गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आर्थिक वर्ष २०७८(७९ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।नीति तथा कार्यक्रम सोमबारको बैठकमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पेस गरेकी थिइन् । त्यसमाथि आज छलफल गरेर पारित गरिएको हो।

प्रतिपक्षी एमालेका २७ सांसदबाहेकले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए । गण्डकी प्रदेश सभामा कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद गरेर ३१ जना सरकारको पक्षमा छन्।गण्डकी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट आजै चार बजे संसदमा प्रस्तुत हुनेछ । नीति कार्यक्रम पारित भएपछि प्रदेशसभा बैठक अपराह्न चार बजेसम्मका लागि स्थगित भएको छ ।