बाँकेमा असार ७ गते सम्मका लागी निषेधाज्ञा जारी
नेपालगञ्ज, बाँकेमा निषेधाज्ञा पुन एक हप्ताको लागि लम्बाईएको छ । कोरोना कहरबाट जोगिन गत बैशाख १३ बाट जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थप सात दिन लम्ब्याईएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेका जनाउदै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
केहीदिन यता संक्रमणको दर घटेको भन्दै निषेधाज्ञा हटाउन माग गरिरहेको बेलामा प्रशासनले सोमबार जारी गरेको सूचनामा यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने गरी खुकुलो परिएको जनाएको छ ।
त्यस्तै रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भई गर्न पाईने जनाएको छ ।
यस्तो छ सुचना

