नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ जेष्ठ २९, शनिबार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ।
यस्तै, आज थप ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ।आज संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३६६ पुगेको छ।