कोरोना राहत कोषलाई कर्मचारी र शिक्षक संगठनहरुले गरे सहयोग
नेपालगन्ज, नेकपा (माओबादी केन्द्र)ले सन्चालनमा लयाएको कोरोना राहत कोषलाई नेपाल राष्ट्रिय कर्मचारी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सहयोग गरेका छन ।

नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको राहत कोषमा भिभिन्न व्यक्ती, संगठन र संघ संस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन । शुक्रबार कर्मचारी संगठनहरूले ५० बोरा चामल र शिक्षक संगठनले १० बोरा चामल सहयोग गरेका हुन । कोरोना महामारीमा समस्यामा परेका नागरिकहरूको सहयोगको लागी सन्चालन गरेको राहत कोषमा महासंघको तर्फबाट अध्यक्ष पवनदेव अर्याल, उपाध्यक्ष हरी थापा, सचिब चेत बहादुर केसी र निजामती कर्मचारी संगठनको तर्फबाट अध्यक्ष हरी प्रसाद पाण्डे, सदस्य नवराज अधिकारी, त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनको तर्फबाट संगठनकी लुम्बिनी प्रदेश उपाध्यक्ष गणेसा कार्की र जिल्ला सदस्य मेनका बमद्वारा नगर भित्रका शिक्षकहरुको तर्फबाट माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, नवीन शर्मा र पार्टीका नेपालगन्ज उपमहानगर अध्यक्ष डिल्ली बराललाई उक्त सहयोग हस्तान्तनरण गरिएको हो ।
कोरोना महामारीमा समस्यामा परेका नागरिकहरूको सहयोगको लागी सन्चालन गरेको राहत कोषमा महासंघको तर्फबाट अध्यक्ष पवनदेव अर्याल, उपाध्यक्ष हरी थापा, सचिब चेत बहादुर केसी र निजामती कर्मचारी संगठनको तर्फबाट अध्यक्ष हरी प्रसाद पाण्डे, सदस्य नवराज अधिकारी, त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनको तर्फबाट संगठनकी लुम्बिनी प्रदेश उपाध्यक्ष गणेसा कार्की र जिल्ला सदस्य मेनका बमद्वारा नगर भित्रका शिक्षकहरुको तर्फबाट माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, नवीन शर्मा र पार्टीका नेपालगन्ज उपमहानगर अध्यक्ष डिल्ली बराललाई उक्त सहयोग हस्तान्तनरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको राहत कोषमा भिभिन्न व्यक्ती, संगठन र संघ संस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन । उक्त सहयोगबाट उपमहानगरपालिका अन्तर्गतक वडाहरूमा बसोबास गर्ने विपन्न परिवारलाई राहत वितरण गरिरहेको बताइएको छ ।


 
																					