कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रकासित मिति : २०७८ जेष्ठ २९, शनिबार ०९:४८
प्रकासित समय : ०९:४८
काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ ।

file photo
बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन् ।