राप्ती नदिका खोलाहरूमा भैराखेको उत्खनन् बन्द गर्न माग गर्दै बाँकेका सिडियोलाई ज्ञापनपत्र
नेपालगन्ज, राप्ती नदिका खोलाहरूमा अनाधिकृत रूपमा भैराखेको उत्खनन बन्द गर्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले राप्ती सोनारी गाउँपालिकाका भिभिन्न नदि तथा खोलाहरूमा भैराखेको चरम उत्खनन बन्द गर्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई मंगलबार ज्ञापनपत्र बुझाईएको हो ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गतका बग्दैलाघाट, परुवा खोला र मुगुवा खोलामा गिट्टि बालुवा र ढुंगाको उत्खनन कार्यका लागी अमानतमा सम्झौता गरी गाउँपालिकाबाट अनुमति प्रदान गरिएकोमा बग्दैलाघाटको उत्खननका लागी कुनै पनी हद मिती नतोकेरै उत्खनन गर्न दिइएको र उक्त स्थानमा सम्झौतामा उल्लेखित परिमाण भन्दा कैयौं गुणा बढि उत्खनन् भैसकेको नेकपाले जनाएको छ ।
साथै परूवा र मुगुवा खोलाको उत्खनन र निकासीको सम्झौताको म्याद सकिएको र हाल सम्म उत्खनन र निकासी भैरहेको ज्ञापनपत्रमा उल्लेख्य छ । सम्झौतामा उल्लेखित परिमाण भन्दा ज्यादा उत्खनन गरि सकिएको पनि नेकपाले जनाएको छ ।
त्यस्तै नेकपाले राज्यको सम्पतिमाथि पहुँचको बलमा केहि निश्चित मानिसहरुले कब्जा गर्ने शैली सरासर राज्य बिरोधि र जनघाती कार्य भएको बताउदै त्यस्तो कार्य तत्काल बन्द गराउन र यसको उचित छानबिन गरी कडा कार्बाही गर्न पनि माग गरेको छ ।
यस्तो छ ज्ञापनपत्र