राउटे युवतीः जबर्जस्ती करणी आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी
प्रकासित मिति : २०७८ जेष्ठ २४, सोमबार १५:१४
प्रकासित समय : १५:१४
सुर्खेत,राउटे समुदायकी दुई युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएको छ।मानव ओसारपसार,यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो।
१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती,भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो।उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।