रौतहटमा प्रहरी र स्थानीयबीच झडप
प्रकासित मिति : २०७८ जेष्ठ २४, सोमबार १०:५६
प्रकासित समय : १०:५६
रौतहट,लकडाउनको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयहरुबीच झडप भएको छ।
झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन्।गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा लकडाउनको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप सुरु भएको हो।
प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ रहेको छ।प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।