पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु
प्रकासित मिति : २०७८ जेष्ठ २४, सोमबार १०:३३
प्रकासित समय : १०:३३
एजेन्सी,पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते समेत छन्।
सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एकआपसमा जुधेका थिए। इञ्जिनसमेत तीन डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा जुधेका हुन्।गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्।मिल्लत एक्सप्रेसको आठ र सैदय एक्सप्रेसको इञ्जिनसमेत तीनवटा डिब्बा रेलको लिकबाट उछिट्टिएको खबर छ।