बाँकेमा थप ४० जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगञ्ज, बाँकेमा आज मात्रै ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । बिहीवार जिल्लाका ४० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका हुन ।जिल्ला कोभिड संकट व्यवस्थापन समितीले दिएको जनकारी अनुसार २६ जना महिला र १६ जना पुरुष गरेर ४० जना कोभिड संक्रमण मुक्त भएर घर फर्किएका हुन ।

साथै जिल्लाभर आज थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको कुल ४३२ नमुना परीक्षण मध्य १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।

भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना, बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जना गरी कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमट कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा जिल्ला बाहिरबाट आएका ७ जनाको मृत्यु भएको छ ।