उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी
प्रकासित मिति : २०७८ जेष्ठ १८, मंगलवार ११:५६
प्रकासित समय : ११:५६
काठमाडौँ, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ । निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।
बैठकमा पछिल्लो साताको कोरोना संक्रमणदर, स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गर्दै निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । गत वैशाख १६ गतेदखि निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमणदर नघटेपछि एक सातादेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको थियो ।
यो हप्ताको कोरोना संक्रमण दरको अध्ययनका साथै आम सर्वसाधारणको अवस्थालाई ख्यालमा राख्दै निषेधाज्ञाबारे निर्णय लिने प्रजिअ निरौलाले जानकारी दिए ।