कोरोनाबाट आमाको मृत्यु हुँदा छोराले दिए असाहायलाई दान
बाँके, नेपालगन्ज कोरोनाबाट आमाको मृत्यु हुँदा छोराले असाहायलाई दान दिएका छन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बस्ने शाज मेकरानीले करिब २५००० बराबरको समाग्री गरिब असाहाय पीडितहरुलाई दान गरेका हुन ।
शाज मेकरानीले भन्छन् कोरोना संक्रमणको कारण मेरो आमा बदरुननिशा मेकरानीको मृत्यु भएको थियो । कोरोना संक्रमण एकदमै घातक रोगर हेकोले यसको पीडा असहन्य हुन्छ । जुन मेरो आमालाई भोगेको मैले देखेको थिए । संक्रमित आमाको पिडा हामीले हेर्न निकै कठिन भएको थियो । उनी भन्छन लकडाउनको आफ्नो कामधन्धा गुमाएकाहरुको लागि आमाको नामबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई निकै खुशी महसुस गरेको छु ।
मेकरानीको अनुसार २५००० रुपैयाँ नगद र १० किलो आलु, १० किलो बोडि र ५ पेटि मिनिरल वाटर सामान बाडिएको छ । यो संकटको बेला मानव नै मानवको काम आउने भएकोले सबै एकआपसमा सहयोग गरेर अरुलाई मद्दत गर्नुपर्छ । कोरोना रोकथामको लागि सरकारले जारी गरेको मापदण्ड अपनाइ सरकारले बनाइएको नियम कानूनलाई सफल बनाउनु पर्छ ।