मदिरा चाेरेकाे आरोपमा तिन प्रहरी निलम्बित

काठमाडौं, मदिरा चोरी गरेको आरोपमा सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बन हुनेहरुमा प्रहरी सहायक निरिक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् ।

लहान नगरपालिका २३ गढिया चोकमा रहेको पूजा मदिरा होटलमा जेठ ९ गते राती तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) शालिग्राम शर्माले बताए ।

प्रहरी होटलमा पुगेपछि संचालक वाहिर भागेको बेला प्रहरीले मदिरा चोरी गरी खाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेपछि प्रहरीले निलम्बन गरी अनुसन्धान अगाडि बढाएको हो । प्रहरीले सिसिटिभिमा कैद भएको भिडियो सार्वजनिक नगर्न होटल संचालकलाई दबाब दिएपनि सामाजिक संजालमा अपलोड गरेपछि कारबाही प्रकृया अगाडि वढेको हो ।

प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसंधान भइरहेको प्रहरी प्रवक्ता शर्माले बताए ।