कर्मचारीको तलब २ हजार बढ्यो
प्रकासित मिति : २०७८ जेष्ठ १५, शनिबार १९:२५
प्रकासित समय : १९:२५
काठमाडौं, सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।
उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताए । यो तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।