बालिका माथी यौन दुर्ववहार गरेको आरोपमा गुम्बाका सन्चालक पक्राउ

कैलाली, यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिको अत्तरिया स्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

लामो समय देखी गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

उनका अनुसार २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।

त्यहाँ ६ जना बालिका आश्रित थिए। केही समय अगाडी बालीका गुम्बाबाट भागेर आफन्तको घर जान खोज्दा बाटोमा अलपत्र परेको अवस्थामा स्थानियले सोधपुछ गर्दा उक्त गुम्बाका सन्चालकले यौन दुर्व्यवहार गर्ने गरेको खुलासा भयको थियो।