बारेकोटी युवाहरूद्धारा कोभिड-१९ थोकथामका लागी औषधी हस्तान्तरण

जाजरकोट, जाजरकोटको बारेकोटका युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागी औषधी हस्तान्तरण गरेका छन ।बारेकोटका स्थानिय युवाहरूको सक्रियतामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बारेकोट गाउँपालिकालाई औषधी हस्तान्तरण गरेका हुन ।

कोरोना महामारीकाे समयमा औषधीको अभाव भएको कुरालाई मध्यनजर गर्दे स्थानीय बारेकोटका स्थानीय युवाहरू उक्त सहयोग गरेको बताएका छन ।

बारेकोटी स्थानीय युवा तथा सन्चारकर्मी बिरेन्द्र बिस्नेत, दिपक खड्का, धन बहादुर नेपाली, लोकेन्द्र गौतम लगायतका सक्रिय युवाहरूको विशेष पहलमा सहयोगको लागी अभियान नै सन्चालन गरिएको थियो ।