सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले माग्यो स्पष्टीकरण
धनगढी, एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले स्पष्टीकरण सोधेका हुन् ।
बुधबारको प्रदेश संसदीय दलको बैठकले स्थायी कमिटीको आधिकारिक पत्र प्राप्त नभएको भन्दै सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीहरुपनि फिर्ता नहुने निर्णय गरेको थियो ।
सोमबार स्थायी कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता हुन र सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको सरकारलाई रहेको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो ।