राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुरमा सेवाग्राहीको घुइचो

कोहलपुर, कोरोना महामारीको समयमा राष्ट्रिय बाणिज्य बैङ्क कोहलपुर शाखामा सेवाग्राहीको घुइचो हुने गरेको छ। महामारी संगै बाँकेमा जारी भएको निषेधाज्ञाले हप्तामा दुई दिन मात्र बैङ्क खुल्ने भएकोले सेवाग्राहिको घुइचो हुने गरेको छ।

देशैभरको साथै बाँके जिल्लामा पछिल्लो समय कोरोना महामारी तिव्र रुपमा बढे संगै स्वास्थ्यका मापदण्डहरूको पालना गर्नुपर्ने नियम सहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। तर निषेधाज्ञाकै बिचमा कोहलपुरमा रहेको राष्ट्रिय बाणिज्य बैङ्क शाखामा सेवाग्राहीको घुइचो हुने गरेको छ।

हप्ताको दुई दिन सोमबार र बिहिबारका दिन बिहान १० बजे देखि दिउँसो १ बजे खुल्ने बैङ्कमा सेवाग्राहीहरूको संख्या अध्याधिक बढी हुनाले भिडभाड बढी हुने गरेको छ।

बिहानै देखि लाईनमा लागेका एक सेवाग्राहीले आफ्नो पालो पाइने नपाईने ठेगान नभएको गुनासो गरे । उनले आफु केही दिन पहिले बैङ्कमा आएर पालो नपाई फर्किएको पनि ती सेवाग्राहीले बताए । बैङ्ले हप्तामा २ दिन दिदै आएको सेवालाई विस्तार अलि बढाईदिएको भए केही सहज हुने उनिहरूको अपेक्षा थियो।

कोरोनाको बढदो महामारी संगै यसरी सेवाग्राहीले भिड भएको देख्दा समेत सरोकारवाला कसैले चासो नदेखाएको सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन । जसले गर्दा कोरोना संक्रमण तिब्र रुपमा फैलिने डर पनि उत्तिकै देखिन्छ। यो बिषयमा सबै गम्भीर हुन जरुरी देखिन्छ ।