प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० रिट
प्रकासित मिति : २०७८ जेष्ठ ११, मंगलवार १९:०३
प्रकासित समय : १९:०३
काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।मंगलबारसम्म गरी ३० रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
जसमध्ये साधारण प्रक्रियाबाट दर्ता भएका १९ रिटको सुनुवाइ १३ जेठमा र संवैधानिक इजलासमा पेस हुने गरी दर्ता भएका ११ रिटको सुनुवाइ १४ जेठमा तोकिएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको हो । यसअघि सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।