सर्वोच्चले भन्यो- प्रधानन्यायाधीले प्रधानमन्त्री ओलीलाई भेटेको होइन

काठमाडौँ, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेटघाट नभएको जनाएको छ ।सर्वोच्चले मंगलबार एक विज्ञप्ति जारी गरी गएराति दुवैजनाबीच भेट भएको भनी सञ्चारमाध्यमहरुमा आएको विवरण सत्य नभएको भन्दै त्यसपछि आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

सर्वोच्चले यस्ता हल्लाले न्यायपालिकाको स्वच्छता, आस्था विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै आपत्ति जनाएको हो ।

अदालतमा दर्ता हुन आएका विवादलाई लिएर न्यायसम्पादनलाई प्रतिकुल असर पार्न यस्तो समाचार आएको भन्दै सर्वोच्चले यस्ता क्रियाकलापलाई ‘कानूनी दायरामा ल्याउने’ चेतावनी दिएको छ ।