नागरिकता सम्बन्धी अध्यादेश खारेज गर : विप्लव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नागरिकता सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्रीको सिपारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशको बिषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै सोमबार उक्त माग गरेका हुन ।साथै महासचिव विप्लवले सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नको लागि यस्ता राष्ट्र हितविपरीतको कार्य गर्दा त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने भएकोले यस्तो यस्तो निर्णय खारेज गर्न सरकारलाई चेतावनी पनि दिएका छन् ।

‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवद्धारा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्र हितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेकाले त्यतिबेलै आफूहरुले विरोध गरेको विप्लवले स्मरण गरेका छन् । हरेक नेपाली नागरिकले भने सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनी विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति