२४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज
प्रकासित मिति : २०७८ जेष्ठ ९, आईतवार १८:४४
प्रकासित समय : १८:४४
काठमाडौं, २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी आइतबार देशैभरबाट ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।
त्यसैगरी देशैभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।