राष्ट्रपति भण्डारीद्वारा नागरिकता अध्यादेश जारी
प्रकासित मिति : २०७८ जेष्ठ ९, आईतवार १८:३४
प्रकासित समय : १८:३४
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।
केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।