नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
प्रकासित मिति : २०७८ जेष्ठ ८, शनिबार १२:४८
प्रकासित समय : १२:४८
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्।
बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।