समयमै एम्बुलेन्स नपाउँदा बिरामीको मृत्यु
सल्यान, सल्यानमा समयै एम्बुलेन्स नपउँदा एकजना बिरामीको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारका भोला प्रसाद बुढाको समयमै एम्बुलेन्स नपाउँदा मृत्यु भएकाे हाे ।बिहिबार राती बुढालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बनगाड कुपिण्डे नगरपालिकाकाे अस्थाई काेभिड अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि घरपरिवार एम्बुलेन्सको लागि नजिकै रहेकाे नगरपालिकाकाे स्वास्थ्य शाखाको एम्बुलेन्सको लागि स्वास्थ शाखा प्रमुख बासुदेव पोख्रेल गम्भीर नबन्दा विरामीको ज्यान गएको मृर्तकका आफन्तको आरोप छ।
एम्बुलेन्स संचालनकाे लागी चालकलाई आदेश दिने स्वास्थ्य शाखा प्रमुखले समयमै फाेन नउठाउदा ज्यान गएको उनिहरूको आरोप छ।
परिवारले रातभर अन्य गाडीकाे जाेहतिर लागेपनि अन्य गाडी पाएनन् र शुक्रबार बिहान ४ बजेतिर उनको निधन भएको हो। समयै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएपछी बिरामीका आफन्तहरूले आज दिउसो नगरपालिकमा आन्दोलन गरेका थिए ।
उता स्वास्थ शाखा प्रमुख बासुदेव पोख्रेलले घटनाको नैतिक जिम्मेवारी लिदै क्षमा मागेका छन्। उनले आफुले फाेन उठाउन नसकेको प्रति क्षमा मागेका हुन्। आफु दिनभर आइसाेलेशनमा खटिदा थकित भएको र केही दिन देखी आफुपनी बिरामी भएको कारण रातिको समयमा थाहाँ नपाएर फोन उठाउन नसकिएको उनको तर्क छ।