कर्णालीका युवाद्धारा सडकमा खटिएका सुरक्षाकर्मीलाई चियापान(फोटो सहित)
सुर्खेत,कर्णालीका युवाद्धारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत वजार आसपासमा खटिएका सुरक्षाकर्मीलाई चियापान गराएको छ । निषेधाज्ञामा सडकमा खटिएका प्रहरी दिनभर आकुल व्याकुल भएर सुरक्षा दिईरहेको तर उनिहको स्वास्थ्यको विषयमा कसैले चासो नदिएको भन्दै युवाहरुले चियापान गराएका हुन।
“बिपतका सारथी कर्णालीका युवाहरु” नामक सामाजिक कार्य गर्ने युवाको समुहले वीरेन्द्रनगर मंगलगढी चौक,एरी चौक,बाङ्गेसिमल आदी सडकमा सुरक्षाको लागि तैनाथ रहेका सुरक्षाकर्मीलाई सडकमै गएर स्वास्थ्य मापदण्डको पालना गर्दै चियापान गराएको बिपतका सारथी कर्णालीका युवाहरु नामक समुहकी एक सदस्य ममता अधिकारीले वताईन् ।
“कोरोना कहर तिब्ररुपमा विश्वभर फैलिरहेको वेला सबै क्षेत्रको समस्याहरुलाई मध्यनजर गर्दै यो युवाको समुहले आजदेखि निरन्तर सेवा दिदै आएको र यसलाई निरन्तर दिने सामाजिक अभियानकर्ता अधिकारीले जानकारी दिईन्” ।
“विपतका सारथी कर्णालीका युवाहरु” नामक युवाहरुको समुहले आजैका दिनदेखि प्रदेश अस्पतालका कोरोनाका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण कार्यक्रम पनि संचालन गरेको छ ।